जिराभवानी । मधेश प्रदेशका माननीय शंकर प्रसाद चौधरीले आज ठोरी गाउँपालिका–५, क्षेत्रिलाइनमा ढलान सडकको शिलान्यास गर्नुभएको छ। माननीय चौधरीको विशेष पहलमा मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट विनियोजित २५ लाख रुपैयाँको लागतमा यो सडक निर्माण हुन लागेको हो।
११५ मिटर लम्बाइ र २५ फिट चौडाइको उक्त ढलान सडकले स्थानीयवासीलाई आवागमनमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। शिलान्यास समारोहमा नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ, पूर्व संयोजक शम्भुराम पौडेल, कमल लामा लगायत स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।
यो परियोजनाले क्षेत्रिलाइनको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।