विरगंज । पर्साको जिराभवानी गाउँपालिका बाट प्रहरीले अबैध लागूऔषध नाइट्रोभेट ट्याबलेट सहित तिन जनालाइ पक्राउ गरेको छ । प्रहरी चौकी महादेवपटिबाट प्रहरी सहायक निरीक्षक जितन प्रसाद यादवको नेतृत्वमा खटेको प्रहरी टोलिले नियमित चेकजाँच को क्रममा जिराभवानी गाउँपालिका ओरिया खोला नजिक चेकजाँच गर्ने क्रममा ना ३० प ४६९२ नम्बरको मोटरसाइकलमा तीन जना सवार भइ भारतको भङ्गहाबाट आउदै गरेका ठोरी गाउँपालिका वार्ड नम्बर ५ बस्ने वर्ष ३१ को पुस्प गुरुङ सोही स्थान बस्ने वर्ष २५ को अनिल उपाध्य र वर्ष २० को निरास लामालाई प्रहरीले ३०० पिस नाइट्रोभेट ट्याबलेट सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो । पक्राउ गरिएका तिनै जनालाइ आवश्यक कार्वाहीको लागि मोटरसाइकल र लागुऔसध टयाबलेट सहित जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।