वीरगञ्ज । नेपाल रेडक्रस दिवसको अवसरमा वीरगञ्ज स्पोर्टस क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सानीमा लाइफ इन्स्योरेन्सको सहयोगमा सम्पन्न कार्यक्रममा ७ जना महिलासहित ४१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।प्रमुख पाण्डेका अनुसार वडाअध्यक्ष तुफान फारुक अन्सारी, सारजा खातुन, उमा राई, रस्मुद्धिन अन्सारी, सहाबुद्धिन अन्सारी, साजिर हवारी लगायतले रक्तदान गरेका छन् । क्लबका अध्यक्ष हासिम अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष तुफान फारुक अन्सारी, वडा नम्बर १२ का वडाअध्यक्ष रामदरश कुश्वाहा, सानीमा लाईफ इन्स्योरेन्सका वीरगञ्ज शाखा प्रबन्धक रसुल अन्सारी , समाज परिवर्तन नेपालका अध्यक्ष अक्लेश साह लगायतको उपस्थिती रहेको थियो ।