वीरगञ्ज । टाईटनको शो रुम वीरगञ्जमा संचालनमा आएकोले व्यापारमा नयाँ आयाम थपेको नगर प्रमुख राजेशमान सिंहले बताएका छन । सोमबार आदर्शनगरमा उक्त शो रुमको शुभारम्भमा बैलुन उडाउँदै प्रमुख सिंहले स्थानिय सहित आसपासका सबैले सेवाको लाभ लिने पनि बताए ।
आर्थिक मंदिको बिच वीरगञ्ज महानगरीमा संचालनमा आएको उक्त शो रुमको सहयोगका लागि महानगर सदैब तत्पर रहने पनि बताए । टाईटनले सम्पुर्ण व्यापारिहरुको हौसला बढाएको पनि बढाएको उनको भनाई छ ।
टाईटन वीरगञ्ज शो रुमका संचालक तथा आई वेयर अर्थात टाईटन चस्माको नेपाल बितरक अभिषेक अग्रवालले अब घडिका पारखिहरु भारत बिहारको बजारमा निभर हुने बातावरणको अन्त्य भएको बताए । हाल ३ हजार देखि ५० हजार सम्मको घडि उपलब्ध भएकोले सबै किसिमको ग्राहकहरुका लागि पायक पर्ने बताए ।
बालबालिका, युवा,बृद्ध सम्मका लागि निकै सुलभ मुल्यमा घडिहरु शो रुममा रहेको एवम् दुई वर्षको वारेण्टी पनि प्रदान गरिने संचालक अग्रवालाको भनाई छ । उनै प्रकारको उपहारका लागि पनि घडिका राम्रा राम्रा डिजाईन यहाँ रहेको उनको भनाई छ । साथै जोडि यानी कपल वाँच पनि पाईने भएकोले खुशिका पहिलो दिन राम्रो व्यापार भएको उनको भनाई ।
टाईटन शो रुमको मिस नेपाल आशमा केसि तथा वरिष्ठ समाज सेवी मुरलिधर रुङटाले संयुक्तरुपमा रिबन काटेर एवम् दिप प्रजवलन गरी शुभारम्भ गर्नु भयो । सो अवसर,डा. अमर क्याल,डा बन्धना क्याल, डा आनन्द कुमार झा, प्रकाश खेतान लगायत स्थानिय समाजसेवी तथा व्यापारीहरुको उपस्थित रहेको थियो ।
यसैगरी, टाइटन कम्पनी, नेपालका कन्ट्री मेनेजर वसन्तवासु देवनले मिस नेपाल आशमा कुमारी केसिलाई परिवारमा स्वागत गर्न पाउँदा हर्षित भएको बताए । उनको यात्रा टाइटनका मूल्य–मान्यता, महत्वाकांक्षा, लचिलो पन, र उत्कृष्टताको लागि जुनूनसँग प्रतिध्वनित रहेको उनले बताए ।
उनले भने, “नेपालको नयाँ अनुहारको प्रतिनिधित्व गर्छिन्, र हामी विश्वस्त छौं कि उनको सहयोगले घडी प्रेमीहरूको अर्को पुस्तासँग हाम्रो सम्बन्धलाई अझ गहिरो बनाउने छ”
सुनिल कुमार अग्रवाल, प्रबन्ध निर्देशक, नेपाल ट्रेड नेटवर्क प्रा. लिमिटेड (नेपालका आधिकारिक वितरक) भने, “सुश्री आश्माको टाइटन सँगको सम्बन्ध महत्वपूर्ण समयमा आएको छ किन भने हामीले प्रमुख शहरहरूमा आफ्नो पहिचान बलियो बनाउदै लगीरहेका छौं” हामीले भर्खरै वीरगञ्ज र सिमरामा दुई वटा नयाँ टाइटन स्टोरहरू खोल्का छौं, जसले हाम्रो खुद्रा पहिचान थप्दै छ । उनले भने, “मिस नेपाल आश्माको नेपाली जनता सँगको गहिरो सम्बन्ध र उनको बलियो व्यक्तिगत ब्रान्डले हामीलाई हाम्रा ग्राहकहरू सँग अझ घनिष्ट सम्बन्ध बनाउन मद्दत गर्नेछ”