जिराभवानी । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा काठमाडौ र ठोरी गाउँपालिकाको संयुक्त आयोजनामा संचालित तालिमको उद्घाटन ठोरी २ का वडाध्यक्ष अमृत कृष्ण सापकोटाले गर्नु भएको थियो ।
ठोरी २ मा रहेको श्री सरस्वती माबिको सभाहलमा कार्यपालिका सदस्य ज्ञान कुमारी जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १, २ र ३ का सहभागीहरुले तालिम लिइरहेको आयोजकले जनाएको छ ।
काठमाडौ बाट आउनुभएका लिला तिम्सिना, जनक खनाल र टंक कुमार चापागाईंले प्रशिक्षकको रूपमा तालिम प्रदान गरिरहनु भएको छ । आज बाट सुरु भएको तालिम बैशाख २७ गते समापन हुने आयोजकले जनाएको छ ।