वीरगन्ज १८ कार्तिक : रौतहटको परोहा नगरपालिकाको वडा नम्बर ८ नरकटियामा आज नरकटिया प्रीमियम लिगकको उद्घाटन गरिएको छ । आज एक कार्यक्रका बिच जनता समाजवादी पार्टी नेपालका युवा नेता ओम लोक पटेल सो लिगको उद्घाटन गर्नु भएको हो । जन समर्पित तथा ग्रामीण बिकास संस्था नेपाल द्वारा आयोजीत सो प्रतियोगीताको उद्घाटन खेलमा परोहा नगरपालिका वडा नं। १ जिङ्डवा टिम विजयी भएको छ । आजको उद्घाटन खेल परोहा नगरपालिका वडी नं।१ जिङड्वा र परोहा नगरपालिका वडा नं।९ रामपुर खाप बिच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको खेलमा टस जित्दै जिङड्वा टिमले ६६ रन प्राप्त गरेको थियो भने राम्पुर खापले आफ्नो सम्पुर्ण विकेट नोक्सान गर्दै ४७ रन मात्र हासिल गरेका थिए ।