पर्सा । पर्साको पोखरीया नगरपालिका वडा नं ९ मा शनिबार बेलुका आएको आँधीबाट कम्तीमा २५ घरमा क्षति भएको छ ।
पोखरीयाको बैरिया बिरतामा आँधीबाट केही व्यक्तिहरु समान्य घाइते समेत भएका छन् । आँधीबाट यहाँका कैयौँ घरमा क्षति पुगेको छ । केही घर आँधीले भत्काइदिएको छ । त्यस्तै अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ ।