जिराभवानी । राष्ट्रिय सभाकी पुर्व उपाध्यक्ष एवं पुर्वमन्त्री उर्मिला अर्याललाई ठोरी गाउँपालिकामा स्वागत तथा अभिनन्दन गरिएको छ । आज ठोरी गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रमका बिच अर्याललाई अभिनन्दन गरिएको छ ।
पुर्व मन्त्री समेत रहेकी अर्यालले ठोरीमा पुर्याएको योगदानको चर्चा गर्दै कार्यक्रमका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले आगामी दिनमा पनि थप सहयोगको आशा राखेको बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष गोकुली रेग्मीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सबै वडाका वडाध्यक्ष हरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरु, नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, नेकपा माओबादी केन्द्र ठोरीका सह इन्चार्ज राम श्रेष्ठ लगायत ठोरी गाउँपालिकाका कर्मचारी एवं स्थानीय बासीको सहभागीता रहेको थियो ।
स्वागत कार्यक्रम पछि पूर्व मन्त्री अर्यालले ठोरीका विभिन्न वडाहरुमा विभिन्न आयोजनाहरुको शिलान्यास समेत गर्नुभएको थियो ।