वीरगंज । प्रदेश २ मुख्य मन्त्रीको लोकप्रिय अभियान ´बेटि बचाई बेटि पढाई` कार्यक्रम अन्तरगत प्रदेश भरिकै छात्राहरुलाई पढाईमा उच्च सहभागिता तथा विद्यार्थीहरुलाई विद्यालय आउन जान सहज हुनका निमित साईकल बितरन कार्यक्रम कक्षा ९ मा अध्नरत छात्राहरुलाई पुरस्कार स्वरूप साईकल प्रदान गर्ने कार्यक्रम बिगतका वर्ष देखि प्रदेश भरिकै विद्यालयहरुमा प्रभावकारी देखिएको छ। आज श्री जिल्ला उचाँगन रामदेव कलवार प्राविधिक नमूना माध्यमिक विद्यालय पोखरीयाको विद्यालय प्राङ्गणमा नगर प्रमुख दिपनारायण रौनियारको प्रमुख अतिथ्यमा कक्षा ९ मा अध्यनरत १४७ जाना छात्राहरुलाई साईकल बितरन गरिएको हो । साथै आउने दिनमा पनि यस विद्यालयको बिकाशको लागि तत्पर रहने उहाँले बताउनु भयो । कार्यक्रममा निलम्बित सभासद हरिनारायण रौनियार , प्रदेश सभा सदस्य प्रह्लाद गिरी , मन्जुर अंसारी , नगर उपप्रमुख सालमा खातुन , वडा अध्यक्ष लक्षमण कानु , बनका राउत कुर्मी लगायतको उपस्थिती रहेको थियो।