वीरगंज । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारी को टोली ले पर्साको भिस्वा सीमा नाका बाट भारी मात्रामा लागू औषध सहित एक जना लाई पक्राउ गरेको छ।
सोमबार साझ भारतबाट लुकाई छिपाई झोलामा समान बोकी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल वि अो पी भिस्वा बंजारी को कमान्डमा खटिएका टोली ले चेकजाँच गरि हेर्दा लागू औषध बरामद गरिएको हो । बरामद गरिएको लागू औषध डाईजिपाम ५०० एम्पुल ,नुफिनीजेकटोन ५०० एम्पुल ,प्राेमेथाजाइन हाइड्राेक्लाेराइड ५०० एमपुल लागु औषध फेला पारेको हो । लागू औषध समेत पक्राउ परेका बालक बिरगंज महानगरपालिका वडा १५ निवासी १६ वर्षिय राजकुमार पटेल रहेको छन।
लागू औषधसहित पक्राउ परेका बालक र लागू औषधलाई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिएका छन।