पर्सा । वीरगन्ज कपडा बैंकले आज पर्साको धोबिनी गाउपालिका-५ सानो धोबिनिमा आगलागीबाट पिडित परिवारलाइ कपडा एवं खाधान्न सहित राहत सहयोग प्रदान गरेको छ । कपड़ा बैंकको टिम आगलागी पीडित सफि अहमद अन्सारीको घर मैं पुगी राहत स्वरूप लत्ताकपडा २ बोरा ,कम्बल २ थान, बेडसिट ५ थान र चिउरा १ बोरा, ५ केजि मिठठा ,१ किलो चना लगायत सामाग्रीको साथै केही नगद सहयोग हस्तान्तरण गरीएको बैंकका सचिव कन्हैया पटेल ले जानकारी दिए।
सो अवसरमा कपड़ा बैंकका सलाहकार अधिवक्ता पन्नालाल गुप्ताले आफ़नो व्यक्तिगत तर्फ बाट पनी रु २ हजार १ सय नगद सहयोग गरेका थिए।
सो कार्यमा बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता ,अध्यक्ष लालबाबु सिंह, सचिव कन्हैया पटेल
, धोबिनी गाउपालिका वडा५ का वडाअध्यक्ष मनौवर अहमद र नेपाल रेडक्रस मधेश प्रदेश सहकोषाध्यक्ष समाजसेवी सल्लाउद्धिन अहमदको सहभागिता रहेको थियो ।
कपडा बैंकका सल्लाहकार अधिवक्ता गुप्ताले तपाई संग धेरै छ भने हामिलाइ दिनुस र तपाई लाई जरुरी छ कमि छ भने हामी संग निशुल्क लिएर जानुस मुलमन्त्रलाइ आत्मसात गरि बैंकले बिगत ६ वर्ष देखि नियमित रुपमा दिन दुखी असहायको सेवा सहयोग गर्दै आएको बताउदै यस्तो आपात विपत्तको बेला सबैलाई पनी सके जती सहयोग गर्न आग्रह गरेका थिए।
सो अवसरमा वडाअध्यक्ष मनौवर अहमद र समाजसेवी सल्लाउद्धिनले आगलागी पिडितको गाउँ सम्म पुगेर कपडा लगायत खाधान्न एवं नगद सहयोग प्रदन गरि मानवता बलियो बनाउने जस्तो पुण्य एवं प्रेरणादायी कार्य गरिरहेको वीरगन्ज कपडा बैंक परिवार प्रती हार्दिक आभार धन्यवाद प्रदान गर्नु भयो ।
पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ सानो धोबिनी टोलमा बुधबार दिउसै आगलागी हुदाँ स्थानीय सफि अहमद अन्सारीको घर तथा गोठ दुबै जलेर नष्ट भएको थियो भने सो आगलागीमा १० वटा बाख्रा सहित घरमा रहेका नगद, लत्ताकपडा,भाडावर्तन सबै जलेर नष्ट भएको थियो ।