पर्सा । मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा विनियोजन २५ लाखको लागतमा निर्माण हुन गईरहेको खेलकुद मैदानलाई आज एक कार्यक्रम बिच शिलान्यास भएको छ ।
यो मैदानलाई स्तर उन्नतिको लागि संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको पहलमा काम शुरू हुन गईरहेको स्थानीय नेताले जनाएका छन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता पटेलले मन्त्री प्रमोद जयसवाललाई धेरै धेरै धन्यवाद युवा र खेलाडी प्रति उत्साहजनक काम गरिरहनुभएकोमा यो काम छिटो छरितो र राम्रो हुनु पर्यो बताए ।
शिलान्यास कार्यक्रममा उपस्थिति बहुदरमाई नगरपालिका वार्ड नं ४ का वडा अध्यक्ष सुरेन्द्र यादब , वार्ड नं २ का वडा अध्यक्ष प्रत्याशी मनोज पटेल, सदस्य मुख्देवे साह लगाएत स्थानीय नेता, युवा, बुद्धिजीवी, लगाएतको उपस्थिति रहेका थिए।