वीरगंज । नारायणी सिमेन्ट बाराकाे आयाेजनामा बुधबार चैनपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । श्री विश्वकर्मा पूजाको अवसरमा भएकाे कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।
नारायणी सिमेन्ट उद्योग प्रा.लि. बाराको महाप्रबंधक उमेश चन्द्र ठाकुरको अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमको उद्घाटन रक्तदान गरी उधोग प्रबंधक सञ्चालक सुभाशु चचानले गरेका थिए ।
बाराको परवानीपुर गाउपालिका वडा नं ४ चैनपुरस्थित नारायणी सिमेन्ट उद्योग प्रा.ली द्वारा आयोजित उधोग परिसरमा भएकाे कार्यक्रममा बलराम यादव , प्रदीप महतो , रामनिवास पटेल लगायतकाले रक्तदान गरेकाे सञ्चालक चचानले वताए ।