पर्सा । पर्साको पोखरिया नगरपालिका वडा नं ९ बार्वामा सडक ढलानको प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल र पूर्व प्रदेश सभा सदस्य प्रल्लाद गिरीले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयसवाल काममा कुनै सम्झौता हुँदैन काम राम्रो हुनुपर्छ यो सडक हाम्रो ग्रामीण भेगबाट बजारलाई जोड्छ ।
यो काम छिटो हुनुपर्छ मन्त्री जयसवालले जोड दिनुभएको छ । यो सडकबाट स्थानीय बासीले हर्षित भएको मन्त्रीले बताउनुभयो ।
कार्यक्रममा पोखरिया नगरपालिकाका उप प्रमुख रुबी ठाकुर , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका स्वकिय सचिव सञ्जीव मिश्रा , वडा अध्यक्ष नौसाद आलम लगायत स्थानीय नेता, युवा , बुद्धिजीवी, लगाएतका उपस्थिति रहेको थिए।