

वीरगंज । अन्र्तराष्ट्रिय साक्षरता दिवस २०२१को अवसरमा आज कोरोनाले निम्त्याएको शैक्षिक असमानता र यसको सम्बोधन बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । एनसिई नेपाल जिल्ला समन्वय समिती पर्साको आयोजना र जिल्ला समन्वय समिती पर्सा र समाजिक संस्था जिल्ला समन्वय समितीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय समिती पर्साका प्रमुख नेकमहम्द अंसारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समन्वय अधिकारी छविरमन भट्टराई, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतकाले धारणा राख्नु भएको थियो । वक्ताहरुले स्थानिय पालिकाहरु शिक्षाको बिकाशमा चासो नदिएको आरोप लगाउदै जनप्रतिनिधिहरु सडक ,नालाको निर्माणमै सिमित रहेको बताएका थिए । उहाँहरुले शिक्षक नियुक्ति ,सरुवा लगायत काम गर्न पनि स्थानिय प्रमुख कमिशन लिने गरेको आरोप लगाएको थिए । उहाँहरुले शिक्षाको बिकाशको लागि पालिका प्रमुख संगै अभिभावक पनि जागरुक हुने पर्ने धारणा राखेको थिए । एनजिओसिसि पर्साका अध्यक्ष ईब्राहिम देवानको अध्यक्षतामा सम्पन्न कार्यक्रमा बिभिन्न बिद्यालयका शिक्षक, प्रअ, संचारकर्मी लगायतको उपस्थिती रहेको एनजिओसिसिका महासचिव रामप्रवेश साहले जानकारी दिनुभयो । एनजिओसिसिको सभाहलमा आयोजित कार्यक्रममा एनजिओसिसि पर्साका उपाध्यक्ष रामाकान्त प्रसाद कुर्मीले स्वागत गरेका थिए भने सहजीकरण कार्यक्रम संयोजक बिशाल गुप्ताले गरेका थिए ।