विरगंज । पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले अबैध लागुऔषध गाजासहित एउटा भार्तिय नम्बर मोटरसाइकल बरामद गरेको छ ।
प्रहरी चौकी महादेवापटिबाट प्रहरी सहायक निरीक्षक जितन प्रसाद यादवको नेतृत्वमा गएको गस्ती टोलिले जिराभवानी गाउँपालिका वार्ड नम्बर १ मा पर्ने ओरिया खोलाको बाटो हुँदै आज बेलुका ४ बजेको समयमा नेपालबाट भारततर्फ गइरहेको वि आर ०५ एम ४१०२ नम्बरको मोटरसाइकलको सिटमा राखिएको ८ किलोग्राम अबैध लागूऔषध गाजासहित मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीको नियमिय चेकिङ चलिरकै बेला तस्करहरुले प्रहरीलाई देख्नसाथ गाजासहितको मोटरसाइकल छोडेर भागेकोले मानिसलाई पक्राउ गर्न नसकिएको प्रहरी चौकी महदेवपटिले जनाएको छ ।
बरामद गरिएको गाजासहित मोटरसाइकललाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाउने तैयारी भइरहेको साथै गाजा तस्करहरुको खोजी कार्य तीब्र गतिमा बढाइएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो ।