

वीरगन्ज १९ कार्तिक : मालपोत कार्यालय पर्साका कार्यालय प्रमुख सुमन झाँले आफुहरु माथि अन्याय गरेको महिका हकदार आरामपति देवीले आरोप लागाईन । नेपाल पत्रकार महासघ पर्साको सभा हलमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा पिडित आरामपति देवीले सो आरोप लगाईन । उनले “ भुमि सुधार तथा मालपोत कार्यालय पर्सामा नागेश्वर राउत कुर्मी बादी र सितम राउत अहिर प्रतिबादी रहि मुद्दा बाडफाड किता नम्बर ४९५,४९६ को उक्त जग्गा १० करोड भन्दा बढीको मुल्यको रहेको बताएकी छिन” । कार्तिक १८ गते साधारण तारिख लिन वारेस बोकेका आरामपति देवी बिहान ९ः३० बजे मालपोत कार्यालयमा पुगेको भए पनि कार्यालय खुलेको थिएन । तर १० बजे कार्यालय फाँटमा पुग्दा मुद्दा फैसला भएको मौखिक जानकारी पाएको देवीले पत्रकार सम्मेलनमा बताइन । “मैले भने –कसरी फैसला गर्नु भयो ? मलाई यसको नक्कल चाहियो भन्दा उल्टै डर ,धम्की अशष्द प्रयोग गदै प्रहरी बोलाई जेल हालिदिन्छु भनेर थर्काएको पिडित देवी गुनासो पोखिन ” । कार्यालय प्रमुख झाँले १७ गते राति नै लाखौं रकम लिएर फैसला गरेको हुन सक्ने आरोप लगाउँदै १० करोड पर्ने उक्त जग्गा कसरी राति फैसला भयो यो आर्चाय र खोजिको बिषय रहेको बताइन । उनले भने एक त म ९ः३० बजे मालपोत पुगेको तर कार्यालय प्रमुखले नक्कल चाहिने हो भने ११ बजेको समय उल्लेख गरेर निवेदन दिन भन्यो मैले भने हाकिम साहेब म ९ः३० बजे आएको छु किन ११ बजे लेख्ने भनेर बताएको तर उल्टै धम्की दिएको पिडित देवीले पत्रकार समुक्ष बताए । उनले भने यो पनि दाबी गरे कार्यालय प्रमुख सुमन झाँ,राज महम्मद मन्सुरी,र सकिलले मिलेर आर्थिक लेनदेन गरि फैसला गरेको आरोप समेत सो पत्रकार सम्मेलनमा बताए । भूमिसुधार तथा मालपोत कार्यालय पर्साका कार्यालय प्रमुख सुमन झासग यसबारे बुझ्दा उनले कानूनसम्मत रूपमा पैmसला गरेको दावी गरे ।