वीरगञ्ज। पर्सामा शसस्त्र प्रहरीले लागूऔषध गाँजासहित मानिसलाई पक्राउ गरेको छ । शसस्त्र प्रहरी सुरक्षा ब्यास कैम्प पोखरियाका शसस्त्र प्रहरीले १ किलोग्राम लागुऔसध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक बिरेन्द्र सेनको नेतृत्वमा खटिएको टोलिले आज बिहान जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठिबाट लागुऔसध गाजा १ किलोग्राम सहित पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ भतौडा निवासी भगवान महतो नुनियालाई पक्राउ गरेको हो । पक्राउ गरिएको नुनियालाई र लागुऔषध गाजासहित ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको प्रहरी निरिक्षक सेनले बताए ।