भारतको हरियाणास्थित पंचकुलामा एउटा कारभित्र सात जना मृत फेला परेका छन् । मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको भारतीइ सञ्चार माध्यमहरूले जनाएका छन् ।
उनीहरूले आत्महत्या गरेको देखिएको पंचकुलाका डीसीपी हिमाद्री कौशिकलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू देहरादूनका एकै परिवारका सदस्य हुन् । मृत्यु हुनेमा एक दम्पती, उनीहरूका तीन छोराछोरी र दुई वृद्ध सदस्य रहेका छन् । सबैको शव कारभित्र फेला परेको थियो ।
उनीहरूले विष सेवन गरेर आत्महत्या गरेको समाचारमा उल्लेख छ । घटनाबारे थप अनुसन्धान भैरहेको समाचारमा उल्लेख छ ।