विरगंज । बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर -२ बरियारपुर निवासी ७१ बर्षिय मुटु तथा मृगौला रोगले पिडित रामएकबाल चौरसियालाई महागढीमाई फाउन्डेसनका विदेश विभाग प्रमुख शिवजी यादव र सचिव शम्भु प्रसाद कुशवाहाले नगद ४०,०००/ चालीस हजार र खाधान्न सामाग्री सहयोग गरेका छन् । सिकेन्द्र जयसवाल राजिव गुप्ता श्यामबाबू चौरसिया सुरेन्द्र यादव तथा मलेसियामा F/B Nutrition Company मा कार्यरत रहेका दाताहरुले संकलन गरेर पठाएको रकम आज उहाँको घरमा पुगि हस्तान्तरण गरेका हुन । महागढीमाई नगरपालिका वडा नम्बर -२ का वडाध्यक्ष बिरेन्द्र चौरसिया प्रमुख अातिथ्यमा सो रकम हस्तान्तरण गरिएको हो ।हस्तान्तरण कार्यक्रममा वडा नम्बर -६ का वडा सचिव महेन्द्र प्रसाद चौरसिया ,स्वास्थ्य शाखाका अधिकृत मनोज चौरसिया महागढीमाई फाउन्डेसनका संरक्षक एवम् चर्चित समाजसेवी सुनिल प्रसाद कुशवाहा ,प्रेम यादव ,संतोष कुशवाहा जयराम कुशवाहा अोमनाराण गिरी ,अोमनाराण चौरसिया ,सुरेन्द्र चौरसिया महागढीमाई विधालयका प्रअ राकेश चौरसिया लगायतको सहभागिता रहेको पिप्राढी माविमा कार्यरत मावि शिक्षक ज्ञानप्रकाश रौनियारले जानकारी दिएका छन् ।