वीरगंज । भ्रामक र कपोकल्पित मिथ्या आरोप सहितको समाचार प्रकाशन गरेको भन्दै नेपाल चिकित्सक संघ केन्द्रिय कार्यालय काठमाडौं शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल चिकित्सक संघ केन्द्रिय कार्यालय काठमाडौं शाखाले एक बिज्ञप्ति जारी गर्दै समाजिक सञ्जाल तथा केही अनलाईन समाचार माध्यमहरुले यस नेपाल चिकित्सक संघका आजिवन सदस्य तथा वरिष्ठ स्त्री तथा प्रसुती रोग बिषेशज्ञ डा. सलमा बानु विरुद्ध भ्रामक समाचार प्रकाशन गरेको भन्दै खेद प्रकट गरेको छ । चिकित्सकको मनोबल गिराउने कार्यमा संग्लन व्यक्ति तथा उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई प्रचलित कानून बमोजिम याथा श्रीघ्र कारवाही गर्ने नेपाल सरकार तथा स्थानिय सुरक्षा निकायसंग केन्द्रिय कार्यालयले जोडदार मांग गरेको छ। डा. बानुको बारेमा समाचार सम्पेषण गर्दा आवश्यक जानकारी लिइ तथ्य सत्यको आधारमा समाचार प्रकाशित गर्न नेपाल चिकित्सक संघ केन्द्रिय कार्यालय काठमाडौं शाखाले आग्रह गरेको छ ।


नेपाल चिकित्सक संघ केन्द्रिय कार्यालय काठमाडौं प्रेस विज्ञप्ति :- नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. सलमा बानूमाथी मिति २०७८ भाद्र १४ गते एड्भान्स मेडिकेयर बिरगञ्ज अस्पतालमा गरिएको शल्यक्रियाका सम्बन्धमा सामाजिक सञ्जालमा काल्पनिक समाचार बनाई सर्व साधारणहरुमा भ्रम सिर्जना गर्दै विशेषज्ञ चिकित्सकको मानमर्दन हुने गरी समाचार प्रकाशन गरिएकोप्रति नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । कोभीड- १९ को महामारीमा आफ्नो ज्यानको बाजी लगाउँदै स्वास्थ्य सेवा प्रवाहमा समर्पित भई रहेका चिकित्सकलाई बदनाम गर्ने मनोवृत्ति राखी भ्रम सिर्जना गर्नु अत्यन्तै गलत र निन्दनीय कार्य भएको यस संघको ठहर छ । त्यसैले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोशिलाई प्रचलित कानून बमोजिम यथासिघ्र कारवाही गर्न नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसँग यस संघ जोडदार माग गर्दछ ।
नेपाल चिकित्सक संघ नारायणी शाखाको प्रेस विज्ञप्ति :- मिति २०७८/०५/११ गते जिल्ला पर्सा पोखरिया नागरपालिका निवासि वर्ष २४ कि निशा गुप्ता भन्ने विरामी नियमित चेक जाँचको लागि बरिष्ठ स्त्रि तथा प्रसूति रोग विषेशज्ञ डा. सलमा बालू ज्युको क्लिनिकमा जानु भएको तथा डा. बानूले सो विरामीको चेकअप पश्चात USG Advise गर्नु भएको थियो । त्यस पछि मिति २०७८/०५/१२ गते सो विरामी क्लिनिकमा Fever को कम्प्लेन लिएर आए पछि डा. बानुले सो विरामी लाई वरिष्ठ फिजिसियनको सल्लाह अनुसार क्लिनिक नजिक रहेको एडभान्स मेडिकेयर अस्पतालमा भर्ना हुन सल्लाह दिनुभएको थियो । मिति २०७८/०५/१४ गते विरामी लाई लेबर पेन सुरु भएको र Thick Meconium (बच्चाले दिसा खाएको) को कारणले अवस्था गम्भिर हुदैगएपछि बाध्यता वस तत्तकाल अपरेशन गर्नु परेको थियो । अपरेशन पश्चात विरामीको अवस्था उपचार पश्चात सामान्य रहेको तथा मिति २०७८/०५/१७ गते बिरामी लाई Loose Motion शुरु भएको र दिशा लागेको थाहा हुने समस्या देखियो ।
यस किसिमको कम्पलिकेसन पहिलाको डिलिवरीको बेलामा तल्लो पेटको मांसपेसिहरु कमजोर भई हालको डेलिवरीको बेलामा पुनः कमजोर हुन गई हुन सक्ने चिकित्सकहरु को ठम्याई छ । यस विषयलाई लिएर विरामीको आफन्तहरु द्वारा डा सलमा बानूको ज्ञान, सिप र योग्यतालाई नै चुनौति दिने मानमर्दन हुने गरि गालिगलौज तथा अत्यन्त आपत्ति जनक टिक्का टिप्पणी सहित होहल्ला गरेको घटनाको यस नेपाल चिकित्सक संघ, नारायणी शाखा घोर भर्तसना गर्दछ । विरामीको अवस्थाको बारे सम्बन्धित चिकित्सक संग बिना कुनै जानकारी नलिई अनावश्यक होहल्ला तथा मिडियामा गएको घटनाले नियतवस यस्ता घटना गराईएको देखिन्छ । चिकित्सकहरुको चरित्र हत्या हुनेगरि यस्ता घटनाहरु बारम्बार दोहोरिनु तथा सम्बन्धित निकाय मौन हुनु अत्यन्त आश्चर्यजनक तथा निन्दनिय विषय हो ।
यस घटनाको दोषिहरु लाई अविलम्ब कार्यवाहिको लागि नेपाल चिकित्सक संघ, नारायणी शाखा सम्पूर्ण सम्बन्धित निकायहरु संग जोडदार माग गर्दछ । साथै यस्ता घटनाहरुबाट चिकित्सकहरुको मनोबल ह्रास हुन गई समाजमा यसको गम्भिर तथा दुरगामी असर पर्ने भएको हुनाले आम जनसाधारणहरु पनि यस प्रति सचेत हुन आग्रह गर्दछौ ।