वीरगंज । नेकपा एमाले पोखरिया नगर कमिटीको आयोजनामा आज पोखरियाको वडा नम्बर ६ स्थित सिरिसियाको बृहद वडा स्तरिया भेला सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथी संबिधान सभाको सदस्य तथा एमालेका नेता राजकुमार गुप्ताले पार्टी अहिले संगठन निर्माणमा लागेकोले सबैले एमालेको पक्षमा जनमत निर्मणमा लाग्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँले एमाले नेतृत्वमा बनेको ओली सरकारले बिगतका दिनमा गरेको जनहितको कामलाई जनजनसम्म लग्न आवश्यक भएको धारणा राख्नुहुँदै आउँदो दिनमा हुने कुनै पनि तहको निर्बाचनमा एमालेलाई निर्बाचित गर्न सबै लाग्नुपर्ने र बिभाजनकारीहरुसँग सतर्क रहनुुुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा संबिधानसभाका सदस्य प्रद्युम्न चौहान, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, पोखरिया नगरकमिटी अध्यक्ष भगवान प्रसाद कुर्मी, नेता बिन्ध्याञ्चल ठाकुर लगायतको आ—आफ्नो धारणा राख्नुभएको थियो ।