वीरगन्ज । नेकपा एमाले पर्सागढी नगर कमिटीको शपथ ग्रहण तथा बैठक आज सम्पन्न भएको छ । जिल्ला कमिटी सदस्य एवं पर्सागढी नगर कमिटीका अध्यक्ष गोर्कण पाठको अध्यक्षता एवं एमाले पर्सा अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै पर्सा अध्यक्ष हजराले नगरको हरेक टोलटोलमा संगठन बिस्तार गर्न निर्देशन दिनुभयो ।
उहाँले देशको बिकाश गर्न एमालेको बिकल्प नभएको बताउदै केपी ओली नेतृत्वको सरकारले गरेको कामबारे चर्चा गर्नुभएको थियो । उहाँले आउने चुनावमा एमालेलाई बहुमतका साथ बिजय गराउन आग्रह गर्नुभएको थियो । मनवा बजारमा सम्पन्न बैठकमा जिल्ला कमिटी सदस्य सिता लामा, दुर्गा लामिछाने, संतोष पासवान लगायतको उपस्थिती रहेको थियो । गोर्कण पाठकको अध्यक्षतामा गठित ५५ सदसीय कमिटीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको अध्यक्ष हजराले जानकारी दिनुभयो।