जिराभवानी । कही नभएको जात्रा हाडीगाउँमा भने झै विकास निर्माणको सन्दर्भमा पर्सामा गोप्यताको रोग लागेको छ। यो रोगले कागज बाहिर भइरहेको विकासमा गोप्यता व्याप्त रहेको छ।
कागजभित्र भइरहेको विकास निर्माण कसैलाई थाहा नै हुदैन। यस्तो कागजी विकासलाई मिलिजुली वसौं बाडिचुडी खाउँ भन्ने गरिन्छ। यहाँ मधेस प्रदेश सरकारको बजेटमा सञ्चालित योजनाहरूको कुरा गर्न खोजिएको हो। यस अन्तर्गत पर्सा जिल्लामा निर्माण कार्यहरूमा सार्वजनिक जानकारी बोर्ड नराखी काम भइरहेको पाइएको छ।
सार्वजनिक खरिद नियमावली अनुसार सरकारी योजनाहरु संचालन गर्दा आयोजना सम्बन्धी सम्पूर्ण जानकारी सहितको होर्डिङ बोर्ड निर्माणस्थलमा राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ। तर पर्सामा संचालित सम्पूर्ण योजना बिना सार्वजनिक सूचनाको बोर्ड निर्माण कार्य भैइरहेको पाइएको हो ।
स्थानीय बासिन्दाहरूले जानकारी बिना नै निर्माण कार्य सुरु गरिएको भन्दै पारदर्शीतामाथि गम्भीर प्रश्न उठाएका छन्। एक स्थानीयवासीका अनुसार,“के काम हुँदैछ,कसले गरिरहेको छ,कति बजेट छ – केही थाहा छैन।अा. ब.२०८१/२०८२ को मधेश प्रदेश को खेलकुद तथा समाज कल्याण मा. मन्त्री प्रमोद कुमार जैसवाल ज्यु को मधेस प्रदेशको आर्थिक सहयोग मा उपभोक्ता समिति को अध्यक्ष अजगैबीनाथ गौरोको अध्यक्ष मा जिराभवानी गाउँ पालीका वार्ड नं १ बालुवा र महादेवपटी को बिचमा खेलमैदान निर्माण कार्य भइरहेको हुदा समेत होडिङ्ग बोर्ड देखिए न सो योजनामा कम्सल सामाग्रीको प्रयोग हुँदा समेत माथिलो निकाय मौन हुनुको कारण बुझन सकिएन
पर्सा जिल्लाको १३औ स्थानीय तहमा भइरहेको योजनाहरूको स्थलगत निरीक्षण गर्दा कतै पनि योजनाको नाम,लागत,ठेकेदार,म्याद आदि विवरण उल्लेखित बोर्ड देखिएन। सार्वजनिक सूचनाको बोर्ड नराखिएको अवस्था भ्रष्टाचार वा बजेट दुरुपयोग हुने स्थानीयको आरोप छ।
यता भौतिक पूर्वाधार विकास कार्यालय पर्साका कार्यालय प्रमुख सङ्ग बुझ्दा सार्वजनिक सूचनाको बोर्ड हुनै पर्छ
निर्माण कार्यमा लापरबाही भैरहेको पाइएमा कार्वाही समेत गर्ने उहाले बताए साइट इन्जिनियरहरु आ– आफ्नो समय मिलाएर साइटमा खटिरहेको उनले बताए । इस्टिमेट अनुसार निर्माण कार्य भईरहेको छ यदि त्यस्तो छैन भने साइट इन्जिनियरलाई भनेर सुधार लगाउन समेत बताए
भौतिक पूर्वाधारको अनुगमन नहुदा यस्तो समस्या बढेको हो। उपभोक्ता समिति गठन गरि ठेकेदार मार्फत काम हुदा यस्तो समेसिया हुने गरेको जानकार हरुले बताए