पर्सा । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ स्थित कुहडी गाउँमा जनमत पार्टीप्रति युवाहरूको आकर्षण तीव्र रूपमा बढ्दै गएको देखिएको छ। शनिबार आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममार्फत सोही वडाका सयभन्दा बढी युवाहरूले जनमत पार्टीमा सामूहिक रूपमा प्रवेश गरेका छन्।
कार्यक्रममा नेपाल सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री एवं जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बसन्त कुशवाहा प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भयो। वडा इकाई अध्यक्ष बिराजु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टीहरू त्यागेर स्थानीय प्रभावशाली अगुवा र युवाहरूले जनमत रोजेका हुन्।
हरि यादव, धुपलाल महतो, सन्दीप यादव, बिटु यादव, बिरेन्द्र यादव, बिपिन यादव, विकास यादव, रन्जित यादव, मुना अन्सारी, अनिल पासवान, चन्देश्वर साह, असलम अन्सारी, जितेन्द्र मण्डल, जयकिशन पटेललगायत सयभन्दा बढी युवाहरूले पार्टी प्रवेश गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद, रम्भा मिश्र, नजमा खातुन, राजेश चौरसिया, महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल, महानगर युवा अध्यक्ष सञ्जय सिंह, इ. राजुराज गिरी लगायतका नेताहरूले नयाँ सदस्यहरूलाई स्वागत गर्दै जनमत पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा अघि बढाउन आह्वान गरे।
त्यस्तै, प्रदेश सदस्य बृजेश्वर चौधरी, राजनारायण मिश्र, क्षेत्रीय संयोजकहरू गगनदेव यादव, डा. मनोज सरार्फ, देवराज सरार्फ, महिला जिल्ला संयोजक अन्जना गुप्ता, दलित जिल्ला संयोजक नरेश राम, धिरेन्द्र पञ्जियार, महानगर सचिव लोकेश कर्ण, सिकेन्द्र राम, हिरालाल राम, विद्यार्थी नेता अभिषेक झा, अनिता राम लगायत नेताहरूको उपस्थिति रहेको थियो।