काठमाडौ । प्रधानमन्त्री बालेन शाहले गलत काम गर्नेहरूलाई कारबाहीबाट उम्किने सपना नदेख्न चेतावनी दिएका छन् ।
प्रधानमन्त्री शाहले कुनै विशेष घटना वा प्रसंग उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो चेतावनी दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी हुन सक्ने देखिएको छ।
