वीरगञ्ज । वीरगञ्जस्थित श्री चित्रगुप्त मन्दिरमा यस वर्ष आयोजना हुने चित्रगुप्त पूजा समिति २०८३ को संयोजकमा चित्रांश युवा समितिका अध्यक्ष राजन श्रीवास्तव मनोनित हुनुभएको छ ।
चित्रगुप्त समिति वीरगञ्जका अध्यक्ष महेश दासले श्रीवास्तवलाई पूजा समितिको संयोजकमा मनोनित गर्नुभएको हो ।
यस वर्षको चित्रगुप्त पूजा तथा कलम–दवात पूजा विगतका वर्षहरूझैँ भव्य र सभ्य रूपमा सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष दासले बताउनुभयो ।
नवनियुक्त संयोजक श्रीवास्तवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष दासले उहाँको नेतृत्वमा पूजा कार्यक्रम थप व्यवस्थित र भव्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।