गाजाको सरकारी मिडिया कार्यालय (जीएमओ) ले शुक्रबार गाजा मानवीय फाउन्डेसन (जीएचएफ) द्वारा प्यालेस्टिनीहरूलाई दिइएको पीठोको बोरामा अक्सिकोडोन भनिने लागूऔषध चक्की रहेको आरोप लगाएको छ।
जीएचएफ इजरायली सेनाद्वारा सञ्चालित छ र यसलाई अमेरिकाले समर्थन गर्दछ। यो खुलासा पछि गाजामा मानवीय संकट अझ गहिरो भएको छ।
जीएमओले ४ जनाको पीठोको बोरामा लागूऔषध चक्की फेला परेको बताएको छ। प्यालेस्टिनीहरूले सेवन गरेको पीठोमा जानाजानी केही लागूऔषध मिसाइएको आशंका गरिएको छ।
जीएमओले भन्यो ‘यो मानिसहरूलाई लागूपदार्थको लत लगाउने षड्यन्त्र हो। इजरायलले लागूपदार्थलाई हतियारको रूपमा प्रयोग गरिरहेको छ। यो युद्ध अपराध र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हो।’
इजरायली सेनाले शुक्रबार दक्षिणी गाजामा रहेको जीएचएफ राहत केन्द्रहरूमा पर्खिरहेका १० निहत्था प्यालेस्टिनीहरूलाई गोली हानेको आरोप पनि लागेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार जीएचएफको राहत कार्यक्रम सुरु भएदेखि गत महिनामा राहत केन्द्रहरूमा ५५० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्।
इजरायली पत्रिका हारेट्जले केही नाम नखुलाएका सैनिकहरूलाई उद्धृत गर्दै भनेको छ – इजरायली सेनालाई निहत्था प्यालेस्टिनीहरूमाथि गोली चलाउन आधिकारिक आदेश दिइएको थियो।
एक सिपाहीले भने – हामीले ट्याङ्कबाट गोली चलायौं, मेसिन गनबाट गोली चलायौं र ग्रेनेड फ्याँक्यौं। अर्को सिपाहीले भनेअनुसार उनको क्षेत्रमा हरेक दिन एक देखि पाँच जनाको मृत्यु भइरहेको छ।
इजरायली सेनाले यी आरोपहरूलाई सिधै अस्वीकार गर्यो र भन्यो ‘तिनीहरूको अनुसन्धान गरिनेछ।’ इजरायली सेनाले भन्यो आफ्ना सैनिकहरूलाई निहत्था मानिसहरूलाई हानि नगर्न आदेश दिएको दाबी गरेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले पनि यो प्रतिवेदनलाई अस्वीकार गरेका छन्।