तेलङ्गानाको संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा रहेको एक रिएक्टरमा विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।
यो दुर्घटना त्यहाँको सिगाची केमिकल्स कारखानामा भएको बताइएको छ । दुर्घटनामा करिब २० जना गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारमा जनाइएअनुसार यस दुर्घटनापछि त्यहाँ ठुलो आगलागीसमेत भएको छ ।
तर पोटन्चेरुका विधायक महिपाल रेड्डीले मृत्यु हुनेको संख्या अहिले नै खुलाउन नसकिने बताए । बीबीसीले पनि अहिलेसम्म यी मृत्यु हुनेहरूको संख्या पुष्टि गरेको छैन । आगो नियन्त्रणको प्रयास भइरहेको बताइएको छ ।