पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित १ जना मोटरसाइकल चोरलाई पक्राउ गरेको छ। शनिवार राति करिब २ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ३१ स्थित कोनिया टोलबाट बिनय पटेलको घर अगाडिबाट हराएको प्रदेश २-०३-०५ प ७५४९ नंम्बरको नावी कालरंगको सुपर स्प्लेन मोटरसाइकल पर्सा प्रहरीले बरामद गरेको हो।
प्रहरीको टोलीले विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलिले खोजतलास गर्ने क्रममा आईतवार बिहान ११ बजे चोरीको मोटरसाइकलसहित वीरगञ्ज महानगरपालिका वडा नं. ३१ का १९ वर्षीय विद्यानन्द महतोलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिलाई जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।