भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै त्रिनिदाद एन्ड टोबैगोको पोर्ट अफ स्पेनमा आयोजित एक विशेष सांस्कृतिक कार्यक्रममा भाग लिँदै भोजपुरी चौतालको एक मनमोहक प्रस्तुति हेरे।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ (Twitter) मा भोजपुरी भाषामा भिडियो साझा गर्दै लेखे, “एगो अनमोल सांस्कृतिक जुड़ाव! बहुत खुशी भइल कि पोर्ट ऑफ स्पेन में हम भोजपूरी चौताल प्रस्तुति के प्रदर्शन देखनी। त्रिनिदाद एंड टोबैगो आ भारत, खास करके पूर्वी यूपी आ बिहार के बीच के जुड़ाव उल्लेखनीय बा।”
भिडियोमा प्रधानमन्त्री मोदी कलाकारहरूको प्रस्तुति उत्साहपूर्वक हेर्दै र उनीहरूसँग संवाद गर्दै देखिन्छन्। यो प्रस्तुति भारत र त्रिनिदाद एन्ड टोबैगोबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने प्रतीक मानिएको छ, विशेषगरी पूर्वी उत्तर प्रदेश र बिहारका आप्रवासीहरूबीच।
यस कदमले प्रवासी भारतीय समुदायसँग भारतको गहिरो सम्बन्ध र सांस्कृतिक पहिचानको सम्मानलाई पुनः पुष्टि गरेको छ।