वीरगञ्ज । पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिकाको जनप्रतिनिधिहरुको लापरवाही बढ्दै गएको छ । कहिले गाउँपालिकाको गाड बाट सिमेन्ट दुवानी गर्ने त कहिले कार्यालयमा जाँदा टेबुलमा सूती हाल्ने । गाउँपालिकाको वडा नम्बर ३ का वडाअध्यक्ष मदन साह कानु कार्यालय समयका बेला सितिमिति भेटिँदैनन् । तर कार्यालय बिदा रहेको दिनमा भने कार्यालयमै गएर सुत्ने गरेको भेटिएका छन ।कानुले कार्यालयलाई व्यक्तिगत विश्रामघर बनाएको पाइएको हो । संविधान दिवसका दिन वडा कार्यालय पुग्दा वडा अध्यक्ष कानु कार्यालयको टेबलमा मस्त निदाइ रहेको अवस्थामा भेटिए । सेवाग्राहीको काम गर्ने बेला फेला नपर्ने वडाअध्यक्ष विदाका दिनमा भने कार्यालयमै सुत्ने गरेको स्थानीय बताउँछन् ।हाम्रा वडाअध्यक्षले कार्यालयाई आफ्नै निजी सम्पत्ति ठान्ने,’ स्थानीय भन्छन्, ‘ जनताको काम गर्ने बेला नभेटिने उनी विदाका बेला भने कार्यालयलाई नै विश्राम थलो बनाइरहेका छन् ।’यसबारेमा वडाअध्यक्ष कानुसँग सोध्दा आफू अस्वस्थ भएकाले कार्यालयमा केही बेर विश्राम गरेको प्रतिकृया दिए ।