वीरगन्ज १९ कार्तिक : मधेसी आयोगका अध्यक्षले आज पर्साको ठोरी गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकियस्थलहरुको अनुगमन गरेका छन । आयोगका अध्यक्ष डा. बिजयकुमार दतको नेतृत्वको टोलिले ठोरी गाउँपालिका विवादित ठुटे खोला, सीता गुफा तथा ठोरी गाउँपालिकाको वार्ड नम्बर तीनमा जङ्गल जनावरबाट बचनको लागि लगाइएको काडेतारको अनुगमन गरेका थिए । यसैगरी ठोरीका स्थानीयसंग सिमा क्षेत्रमा हुने गरेको भारतिय हस्तक्षेपको बारेमा छलफल गरेका थिए । आयोगको टोलिमा ठोरी गाउपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ , ठोरी गाउँपालिका वार्ड नम्बर ३ का वार्ड अध्यक्ष सुर्य लामा, वार्ड नम्बर दुईका वडाध्यक्ष किशोर तमाङ ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोककुमार साह, सशस्त्र प्रहरी बेश क्याम्प ठोरीका सशस्त्र प्रहरी निरीक्षक दिपक दहाललगायतको सहभागिता थियो ।