वीरगञ्ज । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले सालको गोलिया काठसहित साइकल बरामद गरेको छ । गस्तीका क्रममा चन्द्रपुर वडा नं ५ चाँदी खोला नजिकै ४ वटा सालको गोलिया बरामद भएको प्रहरीले जनाएको छ ।
७/८ जना मिलेर जंगलबाट अवैध रुपमा सालको काँचो रुख काटेर गोलिया बनाई ३ वटा साईकलमा ल्याउँदै गरेको अवस्थामा ४ वटा गोलिया बरामद भएको प्रहरीले बताएका छन ।
प्रहरी टोलीलाई देख्न साथ साईकल र काठ छाडेर उनीहरु फरार भएको अवस्थामा जम्मा २५ क्यू फिट काठ बरामद गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर पठाईएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।