रौतहट । दलित आवास निर्माण संघर्ष समिति रौतहटको पहिलो जिल्ला भेला सम्पन्न भएको छ। उक्त कार्यक्रम देवाही गोनाही नगरपालिका अन्तर्गत रहेका मधेशी सांस्कृतिक संग्राहलय गोनाहीमा सम्पन्न भएको छ ।

उक्त भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु हूदै पुर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर ३ का निवर्तमान सांसद प्रभु साहले मानव जीवनको आधारभूत आवश्यकता तथा विपन्न, दलितहरुको लागि संवैधानिक मौलिक हकको रुपमा रहेको आवास निर्माण कार्यप्रति सम्बन्धित निकाय तथा सरकार/राज्यको चरम लापरवाही, अकर्मण्यता एवं उदाशीनताका कारण अरबौं रकम फ्रिज हुनु आफैंमा पनि दु:खद रहेको बताउँदै दलित तथा गरिबहरुको लागि आवास निर्माण कार्यको लागि दबाब दिन यहि असोज १२ र १५ गते दुई चरणमा जिल्ला सदरमुकाम गौरमा गरिब एवं दलितहरुलाई शान्तिपुर्ण रयाली निकाल्न सम्बन्धित सबै संग पुर्व मन्त्री साहले अपिल समेत गर्नु भएको थियो ।

प्रदेश सरकार मातहतमा रहेको 'जनता आवास कार्यक्रम' तथा विपन्न गरीबहरुको आवास निर्माणसंग सम्बन्धित स्थानीय सरकार/जनप्रतिनिधि मातहत रहेको 'सुरक्षित आवास कार्यक्रम'मा भईरहेको चरम भ्रष्टाचार, ढिल्लासुस्ती, अनियमितता, लापरवाही एवं उदाशीनताबाट आजित एवं आक्रोशित जनताहरुले अब गरीब दलितहरुलाई सुरक्षित आवासको व्यवस्था सहित छुवाछुत र विभेद विरुद्ध अब पछाडि हटेर नभई यसको डटेर सामना गर्नु पर्ने समेत सो अवसरमा पुर्व मन्त्री साहले उद्घोष गर्दै आफु हर हमेशा गरिब असहाय , दलित, पिडित तथा घरवार बिहिन जनताको साथमा रहेको र गरिबहरुको आवास निर्माणको लागि निरन्तर आबाज उठाई रहने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।
सयौको संख्यामा दलित समुदायका ब्यक्ति, स्थानिय नेता र दलित अगुवाहरूको उपस्थिति रहेको थियोे ।
उक्त भेलालाई सम्बोधन गर्नु हुदै कटहरिया नगरपालिका प्रमूख सियाराम कुशवाहाले चुनाव नजिकीदै गर्दा बिभिन्न पाटीहरु भ्रम फैलाऊने कार्य गरिरहेको बताउदै पुर्व मन्त्री प्रभु साहले निर्वाचनलाई केन्द्रबिन्दूमा नराखि निरन्तर गरिब तथा दलितहरुको लागि कार्य गरि रहेको उल्लेख गर्दै कटहरिया न.पा. ले पनि रौतहटको १८ ओटा पालिकाहरु मध्ये मौलापुर न.पा. र कटहरिया न.पाले स्वास्थ्य, शिक्षा लगायत सबै उत्कृष्ट कार्य गरि रहेको र दलितहरुको जीवन स्तर उकास्न दलितहरूको घर निर्माण लगायत रकमहरु समयमै सम्बन्धितको खातामा पठाइएको बताऊदै उद्धारणिय कार्य गरिरहेको मेयर कुशबाहाले सम्बोधनको क्रममा जानकारी गराएका थिए ।

उक्त भेलालाई मौलापुर नगर पालिका प्रमूख रीना कुमारी साह लगायत अन्य नेताहरुले सम्बोधन गरेका थिए । १२ गते गौरमा रयालीका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने, १५ गते स्थानिय तहहरु घेराउ गर्ने लगायतका घोषणाहरु गर्दै भेला सकिएको थियो ।