बीरगंज १९ कातिक : सत्ताधारी राजनीतिक दल नेकपा पर्साभित्र यतिबेला आन्तरिक द्धन्दले उग्र रुप ग्रहण गरेको छ् । बिन्दवासिनी गाऊँपालिकामा पालिका स्तरिय शपथ ग्रहणबाट शुरु भएको द्धन्द्धका कारण एकले अर्कोलाई देख्नै नसक्ने अवस्थाको समेत सृजना भएको छ । उक्त शपथ ग्रहण समारोह स्थलमा भएको झडपमा मुकेश चौरसियाको न्युरो अस्पतालमा मृत्यु भएपछि पर्सा नेकपा भित्रको आन्तरिक द्धन्द उत्कर्षमा पुगेको छ । मृतकका भाइले कर्तब ज्यान मुदामा संबिधान सभाका सदस्य राजकुमार गुप्ता समेत १२ जनालाई अभियुक्त बनाइ सरकारी वकिल कार्यालय मार्फत मुद्दा दर्ता गराएपछि उत्तम तिवारी सहित ३ जना हाल प्रहरी नियन्त्रणमा छन । मुकेशको दाहा संस्कार पछि प्रहरीले आरोपितलाई पक्राउ गर्न शर्च अभियान शुरु गरेको छ भने मधवल निबासी गुडियादेबिले नेकपाका नेताहरु नागेन्द्र चौधरी, रामचन्द्र साह, छोटेलाल यादब लगायत १५ जना बिरुद्ध समेत मुकेश चौरसियाको हत्या प्रकरणमा कर्तब्य ज्यान मुद्दा पर्सा जिल्ला हुलाक कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाएको समाचार प्राप्त हुन आएको छ । मधवल निबासी गुडिया देबीले यी तीन नेता सहित बिन्दवासिनी निबासी बिक्रम चौरसिया, पर्शुराम यादब, चञ्चल यादब, होदा राउत गद्धी, महादेब चौहान, कलसरिफ राउत गद्दी, समसाद राउत गद्दी, सवदीन राउत गद्दी, रुस्तम राउत गद्दि, बिन्दवासिनी निबासी मोहन यादब, जितेन्द्र चौरसिया, सुमन साह बनिया सहित १५ जना रहेका छन ।


उक्त जाहेरी आवश्यक कारवाहीको लागि जिल्ला सरकारी वकिलको कार्यालय पर्साले जिल्ला प्रहरी कार्यालय पर्सालाई पठाएको समाचार प्राप्त हुन आएको छ । आज ४ बजे पत्रकार अलिअसगरले आफ्नो फेसबुध स्टाटसमा बिन्दवासिनी घटनामा अरु १५ जनालाई पनि कर्तब्य ज्याद मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय पर्साले सिफारिस गरेको सूचना चुहाएपछि नेकपा पर्साको राजनीतिले नयाँ मोड लिन थालेको हो । घटनामा हृुँदै नभएका ब्यक्तिलाई पुर्वाग्रही रुपमा मुद्दा दायर गरेपछि यसको बिरुद्धमा काउन्टर प्रहार भएको अनुमान गरिएको छ । शपथ ग्रहण स्थलबाट नै आयोजकहरुले पहिला नै बाँसका फाटा तयार पार्नु, जसरी भएपनि पुर्ब संबिधानसभा सदस्य राजकुमार गुप्तालको हैसिइत देखाएरै छाड्ने योजना बुन्नु,घटनामा कैद गरिएका भिडियो बाहिरिएपछि अव भने दुध दुध र पानीको पानी हुने अवस्थामा घटना प्रबेश गरेपछि धमाधम किन कसलाई के को लागि फसाउन खोजिएको हो भन्ने कुराको पुष्टी हुन थालेको छ ।