वीरगंज । दुई छुटा छुटै ठाउबाट चेकजाँच गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका १४ गण्डक चौकमा चेकजाँच गर्ने क्रममा मिठाईको डब्बामा लुकाईछिपाई ल्याएको लागुऔषध winpirex syrup -100 ml को १०० बोतल फेला पारेको साथै शंकराचार्य गेट स्थित सडकमा चेकजाँच गर्दा पैदल हिडिरहेका २ जनाबाट आगु ओषध खैरो हिरोईन ३.४० ग्राम फेला पारको छ ।
पक्राउ पर्नेमा गण्डक चौकबाट जिल्ला बर्दिया गुलरिया घर भई हाल चितवन वडा नं. २२ बस्ने वर्ष २२ को राजेश थारु र ऐ.ऐ वडा नं. ७ बस्ने वर्ष ३२ को सुरेश नेपाल रहेका छन भने शंकराचार्य गेट बाट जिल्ला लालबन्दी न.पा. वडा नं. २ बस्ने सुरज पासवान र जिल्ला कन्चनपुर भिमदन्त न.पा. वडा नं. १६ बस्ने वर्ष २१ को लक्ष्मण विष्ट रहेका छन ।
पक्राउ पर्नेहरुलाई पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गराई लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।