वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकाको सातौं गाउँसभा बिहीवार सम्पन्न भएको छ । गाउँपालिका सभाकक्षमा आयोजित सातौं गाउँसभाको गापा प्रमुख हरिनारायण चौधरीले उद्घाटन गरेका थिए । उनकै अध्यक्षतामा भएको गाउँसभामा चालू आव ०७८-०७९ को लागि गापा उप्रमुख ममता महतोले रू. ३६ करोड ८९ लाख २६ हजार ९ सय १३ बराबरको बजेट प्रस्तुत गरेकी थिइन्।उनले प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित भएको छ। चालू आवमा पटेर्वासुगौलीले शिक्षा, स्वास्थ्य,कृषि, पूर्वाधार, खानेपानी, सामाजिक विकास र सार्वजनिक मठ-मन्दिर, धार्मिक एवं ऐतिहासिक संरक्षणलाई गापाले विशेष प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले बताए। कार्यक्रममा वडाध्यक्षहरू फरमान मियाँ, विजयबगैरे, माधव राउत, राजेश्वर महतो, मोतिलाल साह , कार्यपालिका सदस्य , वडा सदस्य एवं कर्मचारीहरू सहभागी थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यादवले स्वागत र शम्भु साहले सहजीकरण गरेका थिए ।