वीरगन्ज । आदर्शनगरमा रहेको Little Step Montessori School मा विश्व हिन्दू परिषद नेपालद्वारा हनुमान चालीसा पाठको आयोजना गरिएको छ। वीरगंज महानगरका सत्सङ्ग प्रमुख श्री चन्दन वर्णवालको अगुवाइमा सो कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा श्री वर्णवालसँगै उनको परिवारकी महिला सदस्यहरू — बन्दना जी र अङ्किता जी — ले पनि सक्रिय सहभागिता जनाउँदै बालबालिकाहरूलाई हनुमान चालीसाको पाठ गराए। यस धार्मिक क्रियाकलापले बालबालिकाहरूमा धार्मिक चेतना, नैतिकता तथा संस्कार अभिवृद्धिमा सहयोग पुगेको विद्यालय प्रशासनले जनाएको छ।
विश्व हिन्दू परिषद नेपालद्वारा प्रत्येक मंगलवार वीरगंजका विभिन्न विद्यालयहरूमा पालो-पालो गरी यस्ता धार्मिक कार्यक्रमहरू सञ्चालन गर्दै धार्मिक जनजागरण अभियानलाई निरन्तरता दिइँदै आएको छ।