वीरगंज । नवदीप एकेडेमी, भिस्वा (वीरगंज–१५) मा आयोजित हेड ब्वाय, हेड गर्ल तथा हाउस क्याप्टेन्सहरूको शपथग्रहण एवं वार्षिक पुरस्कार वितरण समारोह उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले यस्तो खालको गतिविधिले विद्यार्थीको व्यक्तित्व निर्माणमा सकारात्मक प्रभाव पार्ने बताए। “नेतृत्व, अनुशासन र आत्मविश्वासको विकासले विद्यार्थीहरूलाई जीवनमा सफलता हासिल गर्न मार्गदर्शन गर्छ,” उनले जोड दिए।
प्याब्सन पर्साका अध्यक्ष सरोज7 चौधरीले विद्यालयको व्यवस्थापन र शैक्षिक धरातलको प्रशंसा गर्दै नवदीप एकेडेमीलाई प्रेरणादायी मोडेलका रूपमा उल्लेख गरे।
कार्यक्रममा अन्य विशिष्ट सहभागीहरूमा डा. हरिशंकर साह, इमामुद्दिन अहमद, प्रकाश उपाध्याय, फजिल अहमद, बिरेन्द्र यादवलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयकी संचालिका सुशिला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नव निर्वाचित छात्र नेताहरू आर्यन साह (हेड ब्वाय), प्रियांका साह (हेड गर्ल) र हाउस क्याप्टेन्सहरूले सपथ ग्रहण गरे।
शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान गरियो। कार्यक्रमको सञ्चालन शिक्षिका नेहा अग्रवालले गरेकी थिइन्।
समारोहमा स्थानीय अभिभावक, सामाजिक अगुवा तथा समुदायको उत्साहजनक उपस्थिति रहेको थियो।