काठमाडौँ । सिराहा जिल्लाका मिटरब्याजी साहुलाई कारबाहीको माग राखेर मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका छन् । सरकारले आफूहरूको पीडा नदेखेको भन्दै उनीहरूले बुधबार आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।
लहान नगरपालिका-३ का मिटरब्याजी साहु रामलोचन गुप्ता र लहान-७ का राम कुमार महतो (रामबाबु) ले ऋण दिँदा जग्गा पास गरी पाँच/पाँच लाख ऋण लिएको तर २१ लाख पैसा बुझाउँदा समेत जग्गा फिर्ता नगरेको उनीहरुको आरोप छ ।