बीरगन्ज । बीरगन्ज-पथलैया सडकखण्डमा शनिबार दिउँसो ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । ना ६ ख ४९७१ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री बाराको कलैया उपमहानगरपालिका–१ शान्ति टोल बस्ने ५० वर्षीय अनिल सुवेदीको मृत्यु भएको हो।सडकखण्ड अन्तर्गत गण्डक चोकमा ट्रकको ठक्करबाट सुवेदी गम्भीर घाइते भएका थिए। घाइते उनको उपचारको लागि नारायणी बयोद्धा अस्पतालमा लगिएकोमा दिउँसो पौने चार बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।ठक्कर दिने ट्रक र चालक पर्साको वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने भोला राउत कम्करलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको मिश्रले बताए।