बीरगन्ज । राष्ट्रिय एकता अभियानले बीरगन्जमा प्रदेश २ सरकारले तयार पारेको मदरसा शिक्षा बिधयेकको बिरोधमा र्याली निकालेको छ । राष्ट्रिय एकता अभियानको राष्ट्रिय संयोजक बिनय यादवको नेतृत्वमा निकालेको बिरोध र्यालीमा सहभागीहरुले मधेसलाई तालिबान बनाउँन खोज्ने मुख्यमन्त्री राजिनामा दे, हिन्दु गाणराज्य घोषणा गर लगायतको नारा लेखिएको व्यानर तथा प्लेकार्ड बोकेका थिए । र्याली वीरगञ्ज महानगरपालिकाको बिभिन्न भागको परिक्रमा गरी घण्टाघर चौकमा आएर कोणसभामा परिणत भएको थियो । एकता अभियानले राष्ट्रिय एकताको तथा हिन्दु गणराज्यको माग गर्दै बिभन्न कार्यक्रमहरु गर्दै आएको छ । एकता अभियानले प्रदेश २ सरकारले ल्याउँन लागेको मदरसा शिक्षा बिधेयक पारित भए प्रदेश २ तालिबान बन्ने आरोप लगाएका छन ।