वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा आज निशुल्क आँखा शिविर सम्पन्न छ । नगपलिकाको वडा नम्बर ९ को वडा कार्यलय भवनमा आज एक कार्यक्रमको बिच आँखा उपचार शिबिर सम्पन भएको हो । आज भएको आँखा शिविरमा १४६ जनाहरुको आँखा जाँच गरिएको थिए जस मध्ये ४५ जनामा मोतिया बिन्दु देखीएको शिविरमा खटिएका डा.अरुण यादवले बताए । आज भएको सम्पन्न आँखा शिविर नगर उपप्रमुखको नेतृत्व र वडा कार्यलयको सहजिकरण तथा मातृका आई सेन्टरको सहकार्ययमा भएको उपप्रमुख सलमा खातुनले बताएका छिन् । उपप्रमुख खातुतका आँखा जाँच गराएका मध्ये मोतिया बिन्दु देखा परेका बिरामीहरुको शनिबार निशुल्क आखाको शल्यक्रिया गराइने बताइन् । शिबिरमा लोकतान्त्रीक समाजबादी पार्टी पोखरिया नगरपालीकाको नगर अध्यक्ष राजु साह तेली , वडा अध्यक्ष रामबाबु प्रसाद चौहान , हरि साह , स्वास्थ्यकर्मी लगाएतका ब्यक्तीहरुको उपस्थिति रहेको थियो ।