पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुंग जिल्लामा मंगलबार अबेर रात भएको बम विस्फोटमा सेनाका एक जना मेजरसमेत कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
यो घटना कुर्दगाप तहसीलमा काली पसंद खान नजिक भएको बीबीसीले जनाएको छ ।
‘यहाँ अज्ञात हतियारधारी मानिसहरूले विष्फोटक पदार्थ राखेका थिए,’ एक जना वरिष्ठ प्रशासनिक अधिकारीले बीबीसी उर्दूसँगको कुराकानीमा भने ।
सुरक्षा बलको बाहन गइरहँदा विष्फोट भएको बताइएको छ । यस घटनामा अन्य तीन जना घाइते भएका भनिएको छ । पाकिस्तानी सेनाको मिडिया शाखाले आईएसपीआरले अहिलेसम्म यस घटनामा कुनै आधिकारिक बयान जारी गरेको छेन । यस हमलाको जिम्मेवारी भने बलूच लिबरेशन आर्मीले लिएको छ ।