

वीरगन्ज २० कार्तिक : यहाँ रहेको स्वच्छन्द पप्पु युनाइटेड बिल्डर्स जेभिले आफुहरुलाई बिल्लीबाठ बनाएको कुरा पत्रकार सम्मेलन मार्फत पिडीतले जनाएका छन । प्राप्त विवरण अनुसार बीरगंजमा संचालित शघन शहरी तथा भवन निर्माण कार्यालय पर्सा अन्तर्गत संचालनमा रहेको ठेक्का नम्बर Dudbc\ PARSA\ 074-075\ NCB\08 को सम्झौता गरि ग्लेमर नेपाल ÷ प्रमोद निर्माण सेवालाई काम गर्न जिम्मा दिएको र पेटी कन्ट्यक्टको काम चलिरहेको भएपनि छैठौं रनिङ्ग बिलको भुक्तानी शघन सहरीले २०७६ सालको चैत ८ र फागुन ११ दिँदादिँदै आफुहरुले भने बारम्बार भुक्तानीको लागि आग्रह गर्दा समेत स्वछन्द पप्पु युनाइटेड बिल्डर्स जेभिले हालसम्म बक्यौता रकम दिनमा आनाकानी गर्नुले अव आत्महत्या गर्ने अवस्था सृजना भएको कुरा पेटी कन्ट्रक्टरहरुले जनाएका छन । हरतपगञ्जदेखि रामपुरसम्मको काम ग्लेमर नेपालले लिएको थियो भने सानो पिपरा, सातोमाई, नेशनल इन्फोटेक कलेज सम्मको कामको जिम्मा प्रमोद निर्माण सेवाले लिएको थियो । त्यस बापत प्रत्येक महिनाको बिल शहरी बिकासबाट भुक्तानी पाएको ३० दिनभित्र पेटी ठेकदारालाई दिइने कुरा सम्झौता पत्रमा उल्लेख्य गरिए पनि बिगत ९ महिनादेखि मुख्य निर्माण कम्पनी आफुले भुक्तानी लियो तर पेटी ठेकदारहरुलाई बिल बमोजिमको रकम उपलब्ध नगराइएको अरोप समेत लगाइएको छ । यी तीन वटै संयु्क्त निर्माण सेवाको तर्फबाट सबै जिम्मा सुमित रौनियारले लिए तर बारम्बार रकम दिने सकार्छन भुक्तानी भने दिँदैनन भनि पिडितले बताएका छन । यसबारेमा ग्लेमर नेपालका प्रतिनिधी संदिप कुमार साह र प्रमोद निर्माण सेवाको प्रतिनिधी मनोज पटेलले आफुृहरुले भुक्तानीको वातावरण निर्माण गर्न जिल्ला प्रशासन कार्याल पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सामा निबोदन दर्ता गराएपनि त्यसको समेत उपेक्षा गरेर आफुहरुलाई थप पिडित बनाएको गुनासो समेत उनीहरुले गरेका छन । वडा प्रहरी कायार््लय श्रीपुरमा बारम्बार बैठक बस्यो तर समय दिंदा पनि हालसम्म रकम उपलब्ध नगराउँदा सानो निर्माण कम्पनी झन मर्कामा परेको समेत बताउँछन । छैठौं रनिङ्ग बिलको रकम अझै पाइएको छैन पुन सातौं चरणको निर्माणको लागि झण्डै ३ करोडको समान साइडमा झिकाएर काम गराइसक्यौं तर अव हाम्रो भुक्तानी कस्ले दिलाइदेला भन्ने गुनासो समेत उनीहरुको रहेको छ ।