काठमाण्डौ । वेस्ट इण्डिजसँगको तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत पहिलो खेलमा पाकिस्तान विजयी भएको छ ।
आज बिहान सकिएको खेलमा पाकिस्तानले वेस्ट इण्डिजलाई ५ विकेटले हरायो । जीतसँगै तीन खेलको शृङ्खलामा पाकिस्तानले १–० को अग्रता बनाएको छ ।
जीतका लागि दुई सय ८१ रनको लक्ष्य पछ्याएको पकिस्तानले ४८ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका हसन नवाजले अविजित ६३ रन बनाए । त्यस्तै मोहम्मद रिजवान ५३ र बावर आजम ४७ रनमा आउट भए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिज ४९ ओभरमा दुई सय ८० रनमा समेटिएको थियो । उसका इभिन लेविसले सर्वाधिक ६०, साई होपले ५५ र रोस्टन चेजले ५३ रन बनाए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ र निशम शाहले ३ विकेट लिए ।
दुई देशबीचको दोस्रो एकदिवसीय खेल भोलि र तेस्रो तथा अन्तिम खेल मङ्गलवार हुनेछ । यसअघि भएको टी–२० शृङ्खला पाकिस्तानले २–१ ले जितेको थियो ।