जनकपुरधाम । प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार छापा मारेको छ ।
बर्दिबास स्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयबाट गएको टोलीले मुख्यमन्त्री लालबाबु राउत गद्दीको कार्यालयमा छापा मारेको हो । 'बेटी बचाऊ, बेटी पढाऊ' अभियानका लागि साइकल खरिदमा करोडौं अनियमितता भएको उजुरी परे पछि छानविनका क्रममा अख्तियारले छापा मारेको हो ।
अख्तियारका प्रवक्ता नारायण प्रसाद रिजालले बर्दिबास कार्यालय कै टोलीले मुख्यमन्त्री कार्यालयमा सामान खरिद सम्बन्धी फाइल नियन्त्रणमा लिएको बताए । उनले ती फाइललाई केन्द्रमा ल्याएर अनुसन्धान गरिने बताएका छन् ।
प्रदेश २ सरकारले छोरीहरूलाई विद्यालय पठाउँने अभियान चलाउँन भन्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम चलाई रहेको छ । त्यस कार्यक्रमबाट बालिकाहरूलाई बितरण गर्न टेण्डर नैं नगरी साइकल किनिएको थियो । साइकल खरिद र बितरणका क्रममा अनियमितता भएको उजुरी परे पछि अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।
अख्तियारको केन्द्रीय कार्यालयबाट पुगेको टोलीले बर्दिबास स्थित कार्यालयको समन्वयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।
प्रदेश २ सरकारले २०७५ मंसिर देखि ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान थालेको हो । त्यस अभियानका नाममा सुरुबाटै करोडौं भ्रष्टाचार भइरहेको उजुरी अख्तियारमा परेको थियो । अख्तियारले पनि सुरुवाती छानबिनमा हिनामिना भएको भेटिएको जनाएको छ ।
गत चैतमा बिरगंजको ओम सत्य साईं प्रालि मार्फत खरिद गरिएको १७ हजार २ सय ६२ साइकलमा बिना उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्डको खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारले बुधवार छापा मारेको हो ।
यसैबिच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारे पछि राष्ट्रिय एकता अभियानले मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजीनामा माँग गरेको छ ।
अख्तियारले छनविन पुरा नगरे सम्म मुख्यमन्त्री राउतले राजीनामा दिनु पर्ने अभियानले प्रेस विज्ञप्ति जारी गर्दै माँग गरेको हो । यस्ता किसिमको गतिविधी गरी प्रदेश –२ का जनतालाई बदनाम र जनताको करबाट उठेको पैसाको दुरुपयोग भइरहेको अभियानको ठहर छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विषयमा राष्ट्रिय एकता अभियानको ध्यानार्षण भएको छ ।
संघीयतालाई धरापमा पार्ने किसिमले मूख्य मन्त्री लालबाबु राउत गद्दीले प्रदेशको मन्त्रीहरुलाई भष्ट्राचार गर्न प्रेरित गरेको र आँफु पनि भ्रष्टाचार गर्न लिप्त रहेको नेपाली जनता माझ लुकेको छैन । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारी केही कागजातहरु जफत हुँनु यसलाई पुष्टि गर्दछ ।
प्रदेश सरकार भ्रष्ट्र रहेको कुरा राष्ट्रिय एकता अभियानले महिनौं देखी उठाउँदै आएको सर्ववितितै छ । यस्ता किसिमको गतिविधी गरी प्रदेश –२ का जनतालाई बदनाम र जनताको करबाट उठेको पैसाको दुरुपयोग भईरहेको राष्ट्रिय एकता अभियानको ठहर छ ।’