वीरगञ्ज । नेपालको हवाई सेवामा एयरलाइन्सहरु धमाधम खुलेर सञ्चालनमा आए तर उडान सुरक्षाको विषय गम्भीर बनेर आएको छ । विभिन्न समयमा आन्तरिक उडानका हवाइजहाज र हेलिकोप्टरमा समस्याहरु देखिए । कतिपय अवस्थामा दुर्घटनाले ज्यान समेत गयो ।११ असोजमा मात्र बुद्ध एयरको विमानको पाङ्ग्रा नखुलेर समस्या आयो । धन्न पाङ्ग्रा खुलेपछि दुर्घटना टर्यो । अर्को विमानमा समेत समस्या देखियो ।विमान र हेलिकोप्टरहरुमा समस्या देखापरेको भन्दै सरकारले छानविन समिति गठन गरेको छ । नागरिक उड्डयन महाशाखाका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा १३ असोज आज छानविन समिति गठन गरेको हो ।छानविन समितिमा क्यानका पूर्व निर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, पर्यटन मन्त्रालयका सीएटिसीअ प्रमोद नेपाल र क्यानका प्रबन्धक लक्ष्मण देवकोटा छन् ।

