वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बेवारिसे अवस्थामा तीन वटा भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ । सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा ३ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत खटिएका टोलीले वीरगञ्जको विभिन्न स्थानमा चेकिंग गर्ने क्रममा वेवारिसे अवस्थामा बिआर ०५ एबी ८५६१ नम्बरको अपाचे, बिआर ०५ एई ६८९३ नम्बरको पल्सर र बिआर ०५ एजी ८६८१ नम्बरको स्कुटी नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । प्रवक्ता खनालका अनुसार २ वटा मोटरसाइकल र १ वटा स्कुटरको २ लाख ४० हजार रुपैयाँ मूल्यांकन गरी वीरगञ्ज भन्सार कार्यालय बुझाइएको छ ।